राजनीति

माओवादीभित्रको गुटगत दबाबका कारण उपाध्यक्ष नारायणकाजी श्रेष्ठको असन्तुष्ट, दोस्रो दिनको आमसभामा अनुपस्थित

काठमाडौं । माओवादी केन्द्रभित्रको गतिविधि गुटगत दबाबका कारण पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असन्तुष्टि बनेका छन् । सोमबार नेकपा माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई सम्बोधन गर्न मञ्चमा पुगेका उपाध्यक्ष श्रेष्ठलाई पार्टीभिकै गुटगत दबाबले आक्रोशित बनाएको थियो ।

माओवादी नेता उपाध्यक्षलाई प्रचण्ड नेतृत्वको गुटले बोल्न नदिने रणनीति बुनेर हस्क्षप गर्न खोजेपछि उनले सभालाई सम्बोधन नै गर्न मानेनन्, पाटीभित्रको यस्तो गतिविधिले आफ्नो मन दुखेको भन्दै उनले आफू अबका कार्यक्रममा नबोल्ने भन्दै झन्किएका थिए । मङ्गलवार दोस्रो दिन पनि मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आमसभा जारी आमसभामा उपाध्यक्ष श्रेष्ठ उपस्थित भएका छैनन् । सो आमसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका उपमहासचिवसम्मका शीर्ष नेताहरू सहभागी छन्।

माओवादीको सोमबारको आमसभामा भएको अराजक गतिविधि र गुटगत दबाबका कारण पार्टीले सञ्चालन गरेको दोस्रो दिनको आमसभामा उपस्थित नभएको उपाध्यक्ष श्रेष्ठले स्पष्टीकरण दिएका छन् । उनले मङ्गलवार चितवन पुगेर अध्यक्षकै आग्रहमा बोलेको भए पनि मनोवैज्ञानिक अवरोध सिर्जना गरिएको र सो गतिविधिले आफ्नो मनमा काँडा बिझेको बताए ।

उपाध्यक्ष श्रेष्ठ सोमबार झापाको कचनकबलमा भएको अभियान उद्घाटन समारोहमा सम्बोधनको क्रममा रिसाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको । त्यसपछि माओवादीभित्रको गुटगत गतिविधिका कारण पार्टीभित्रको सन्तुलन नमिलेको सबैले आलोचना समेत हुन थालेको छ ।

सार्वजनिक कार्यक्रममा नै उपाध्यक्ष श्रेष्ठमाथि भएको दबाब र हस्तक्षेपका बारेमा माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाउँदै पार्टीलाई मिलाएर अघि बढ्ने जिम्मेवारी अध्यक्ष प्रचण्डको भएको बताएका छन् । अहिले सो गतिविधिका विषयमा माओवादी नेता तथा कार्यकर्ताहरू सामाजिक संचाललमा असन्तुष्टि पोखिरहेका छन् । सोमबार सो कार्यक्रममा रिसाएका श्रेष्ठ बेलुका झापाको बाह्रदशीमा भएको कार्यक्रममा पनि उपस्थित भएका थिएनन् । पूर्वनिर्धारित कार्यक्रम भएकाले हिजो अभियान उद्घाटनपछि काठमाडौं फर्किएको उनको सचिवालयले जनाएको छ ।

श्रेष्ठ आज चितवनका शहीद परिवारसँग भेटघाट शहीद पार्क शितलपुर गर्ने, माडीका अगुवा कार्यकर्ता प्रशिक्षण र शिवरात्रि मेलाको उद्घाटन गरेर साँझ अभियानमै फर्किने तयारी रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *