
काठमाडौं । सरकारले शुक्रबारका लागि बोलाएको हिउँदे अधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो धारणा राखेनन् । सरकारले अधिवेशन बोलाएन भनेर सडकमा गएर सरकारविरोधी नारा लगाउने प्रचण्डले पार्टी प्रमूख भएर सो अधिवेशनमा आफ्नो धारणा नराखेर पार्टीका सचेतक हितराज पाण्डेलाई बोल्न लगाए । संसदीय अभ्यासमा पार्टी अध्यक्षको उपस्थितिमा अरुलाई बोल्न नलगाउने परिपार्टी छ ।
संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्ने अभ्यासमा प्रचण्ड मौन रहे । प्रचण्डले संसदमा नबोलेर अन्य कुनै कार्यक्रममा गएर सरकारका बारेमा विरोध गर्ने रणनीति बनाए । रास्वपा सांसदहरुले संसद अवरोध गर्ने रणनीति बनाएर केही समय संसदमा विरोध जनाए । तर सभामुख देवराज घिमिरेले समयको सदुपयोग गरी महत्वपूर्ण कुरा राख्ने वातावरण सिर्जना गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरे । संसदको पहिलो हिँउदे अधिवेशनमा प्रचण्ड किन बोलेनन् ? यो विषयलाई सबैले चासोका साथ हेरेका छन् ।
सरकारले बोलाएको संसदको हिउँदे अधिवेशनमा सभामुख देवाराज घिमिरेले प्रधानमन्त्रीलाई पहिलो प्राथमिकता दिएपछि प्रधानमन्त्रीले सरकारका काम कारबाही र भावी योजनाका बारेमा आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्रीले वर्तमान सत्ता गठबन्धको भविष्य लामो भएको उल्लेख गर्दै सरकारले सकरात्मक कामका लागि अध्यादेश ल्याएको बताएका थिए ।
यस्तै उनले संविधान संशोधनको विषयमा समेत आवश्यक बुँदामाथि छलफल गरेर आवश्यकताका आधारमा संविधान संशोधन गर्ने बताएका थिए ।यस्तै दोस्रो लहरमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धारण राखे । सभापति देउवाले प्रधानमन्त्रीले बोलेका विषयहरुलाई सकरात्मक भएको बताउँदै सरकार गठनका विषयमा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयमा ल्याउने प्रतिवद्धता जनाए ।
तेस्रो चरणमा एमाले नेत योगेश भट्टराईले सरकार गठन गर्नुको कारण, सत्ता गठबन्धनको उदेश्य र वर्तमान अवस्थाबारे सरकार सकरात्मक रहेको बताए । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष्य बोलेन पालो थियो । तर पचण्डले सो अधिवेशनमा ओठ समत खोलेनन् । माओवादी केन्द्रको तर्फबाट सचेतक हितराज पाण्डेले सो अधिवेशनलाई सम्बोधन गर्दै सरकारले ल्याएको अध्यादेशको विरोध गरे ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले अब अर्को बैठक (माघ २४ गते)को बैठकमा सम्बोधन गर्ने जानकारी दिए । अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्ने रणनीति गर्ने जो कोही पनि आफैँ ढल्ने बताए । सरकार ढल्न लागेको भन्दै सडकमा हल्ला फिजाँउने पार्टीले देशमा शान्ति स्थापनाका लागि काम गर्न नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई आफ्नो जवाफ सुनाए ।