राजनीति

माघ २४ गते माओवादी अध्यक्ष प्रचण्ड सडकमा, चार दलिय समाजवादी मोर्चाकाे सरकारलाई हिलो छेप्ने प्रपञ्च

काठमाडौं । राजनीतिमा दोहोरो भूमिका निर्वाह गर्दै राजनीतिक वृतलाई तरङगित पार्दै सत्तामा जादुको झडी हल्लाउने प्रचण्ड सरकारले गरेका कामको विरोधका लागि सडकमा आन्दोलनमा उत्रिने भएका छन् । जनतालाई सरकारका बारेमा नकरात्मक भ्रम छर्न माहिर प्रचण्ड विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौँमा आमसभा गर्ने निर्णय गरेसँगै प्रचण्ड सडकमा जान लागेका हुन् । सरकारले गरेका सकरात्मक कामको विरोध र सत्तामा जान छड्पटाएका प्रचण्ड सत्ता विपक्षीय दलहरुलाई साथ लिएर सरकारले गरेका निर्णयहरुको विरोधमा उत्रिन लागेका हुन् ।

प्रचण्डले एकिकृत समाजवादीसहितको चार दलिय मोर्चालाई सडकमा सभागिता गराउन मोर्चा गठन गरेको कतिपयले बताउँदै आएका छन् । मोर्चाको आयु र काम कर्तव्य र उदेश्य भनेको नै पार्टीलाई कम्जोर देखाएर आफू सत्तामा पुग्ने । तर चाहेजस्तो सहज नहुने बताउँदै कांग्रेस र एमालेले आगामी २०८४ सम्म नै सत्तागठबन्धन रहने घोषणा गरिसकेका छन् ।

.
बुधबार नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवका अनुसार मोर्चाले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय भएको यादवले बताए । ‘सातै प्रदेशमा अन्तर्क्रिया गर्ने, माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । मधेस प्रदेशमा चैतको पहिलो हप्ता वृहत् आमसभा गर्ने निर्णय उनले बताए ।

यस्तै मधेस प्रदेशको संयोजन गर्ने जिम्मा नेसपालाई दिएको यादवले बताए । बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने उनले जानकारी दिए । तर समीक्षा अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएको तर छिट्टै बुझाउने विषयमा छलफल भएको उनको भनाइ छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ । पछिल्लो समय समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएकाले राष्ट्रिय विकल्पको शक्तिमा उभ्याउनेबारे छलफल भएको उनले जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *