राजनीति

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा किन चर्काचर्की सधैँ ? राजनीति संस्कारको विकास कहिले हुन्छ ?

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा आफैमा उच्च तह र उच्च संस्कारको विकास कार्यान्वयनमा जनतालाई देखाउने ठाउँ हो । तर नेपालमा राजनीति संस्कार नै नभए जसरी सत्ता तथा प्रतिपक्ष दलका सांसदहरू नै एक एर्कामा औपचारिकता पुरा गर्दैनन् ।  सत्ता र प्रतिपक्षका नेताहरूले एक अर्कालाई गर्ने संस्कार र बहसमा समेत ध्यान नपु¥याइ राजनीतिक व्यक्तिहरूले दादागिरी शैलीमा प्रतिक्रिया दिने प्रवृत्तिले सिङ्गो संसद् नै ,समिति नै आलोचित हुनुपरेको छ । राजनैतिक दलका नेताहरूले शपथ ग्रहण गर्दा खाएको सपथ  बिर्सिदै गए जस्तो देखिन्छ ।

 सार्वजनिक कार्यक्रममा समेत सत्ता र प्रतिपक्ष दलका नेताहरूले अनौपचारिक भाषा शैलीको प्रयोगले सामाजिक संञ्जालमार्फत नागरिकहरुले चर्को आलोचना जनाइरहेका हुन्छन् । सञ्चारमाध्यमहरूले समेत नेताहरूको नकारात्मक टिप्पणी देखाएर सुध्रने मौका दिँदा समेत प्रतिशोध भनेर द्वन्द्वको वातावरण निर्माण गर्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक देखिन्छ । 

मङ्गलवार  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारूढ दल नेकपा (एमाले)र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसदबिच बैठकमा चर्काचर्की गरे । अहिले सो विषय जता ततै आलोचित मुद्रामा फैलिएको छ । 

लेखा समितिमा सत्तापक्षको नेतृत्व हुँदा पहिचान कायम हुन नसकेको भन्दै माओवादी सांसदले मार्ग प्रशस्त गर्न सभापति ऋषि केश पोखरेललाई आग्रह गरेका थिए  । समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीमा तानिएको र स्वकीय सचिव भ्रष्टाचार प्रकरणमा पक्राउ परेको भन्दै नैतिकताका आधारमा समेत पद छाड्न माग गरे ।  तर त्यो गतिविधि सार्वजनिक कार्यक्रममा गरेर मानमर्दन गर्न खोज्नु अनुचित भएको टिप्पणी भएको छ । एमाले सांसद तारा लामाले आइन्दा सभापतिका विषयमा प्रश्न नउठाउन भनेपछि बैठकमै चर्काचर्कीको अवस्था सिर्जना भएको थियो ।

समितिका सभापतिले उठाएको विषयमा भन्दा अन्य विषयमा प्रवेश गरेर अनौपचारिकता गरेको भन्दै सभापति पोखरेलले माओवादी नेतालाई विनम्र आग्रह गर्न खोजे तर माओवादी नेताले चर्को आवाजमा प्रस्तुति दिन खोजेपछि सो विषयमा चर्काचर्की भएको थियो ।  सभापतिले तोकेको र तोकिएका एजेन्डामाथि छलफल नगर्दा समितिमा बारम्बार यस्ता गतिविधि भइरहेको भन्दै सभापति पोखरेलले सबैलाई आगामी बैठकमा तोकिएको समय र तोकिएको एजेण्डकेन्द्रित भएर बहस गर्न निर्देशन समेत दिएका छन् । 

 माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्काल प्रतिवाद गर्दै आवेगमा आउँदै सभापतिको उल्टै खैरो खन्न खोजे । सो विषयमा सभापतिले प्रतिवाद गरेका थिए । दाहाल आफैले चर्को शब्द गर्दै सभापतिको शब्द रेकर्डबाट हटाउन माग गरे । समितिका सभापतिले राजनैतिक संस्कारको विकास गरेर संसद्मा सबैले छिर्न जरुरी रहेको समेत उल्लेख गरे ।उनले संसद्को रेकर्डमा भएको कुरा नहटाउने उद्घोष गरे । 

 एमाले सांसद योगेश भट्टराईले समितिमा औपचारिकता नझल्काउने अनि आफै भाले हुने भन्दै माओवादी सांसद दाहाललाई सम्झाए । यसअघि पनि  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच बादविवाद भएको थियो  । यस्तै केही दिनअघि अर्का सांसदहरुबीच पनि वादविवाद भएको थियो ।  समितिको बैठकमा सत्ता तथा प्रतिपक्षमा नेताहरुले माथिल्लो तहबाट नै राजनैतिक संस्कारको विकास गरी समितिमा देखिएको समस्या समाधानमा जोड दिनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *