
काठमाडौं । नेकपा एमालको कारबाहीमा परेका भीम रावलको पक्षमा राजनीति गतिविधिमा सक्रिए देखिएको आरोपमा नेकपा एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।
एमाले कैलाली सचिव ममता प्रसाद चौधरीले शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट उनीहरूलाई कारबाही गरेको जानकारी दिए । पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सचिव चौधरीले बताए ।
सुवेदी बाबुछोरा कारबाहीमा परेका तथा मातृभूमि जागरण नेपाल अभियानमा रहेका भीम रावलको गतिविधिमा संलग्न भएको पुष्टि भएपछि कारबाही गरिएको चौधरीले बताएका छन् ।
माघ ४ गते भीम रावल धनगढी विमान स्थल आवरणरत गरेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरिएको नाराबाजीप्रति समेत नेकपा एमालेले ध्यानाकर्षण जनाउँदै आएको छ ।