राजनीति

एमालेबाट निष्कासित भएपछि डा.भीम रावलको पहिलो पत्रकार सम्मलेन : ओलीकाे चर्को आलोचना

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका एमाले नेता भीम रावलले पहिलो पटक पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओलीको नेतृत्व र एमाले पार्टीले विगतमा रावलमाथि गरेका दुव्र्यबहारका बारेमा भण्डाफोर गरेका छन् ।

आफूले पाटीभित्र रहेका बेला हेरक चुनौतीको सामना गर्दै पार्टी अगाडी बढिरहेको स्मरण गर्दै रावलले आफुमाथि पार्टीको नीति र विद्यान विपरित्र कारबाही गरेको बताएका छन् । नेता रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरङकुश ढङगबाट अघि बढेर गलत गरेको बताए । आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको टिप्पणी गरे ।

एमालेको निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यबाट बाहिरिएर देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएको उनले बताए । सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको समेत उल्लेख गरे । उनले पार्टीभित्रका गलत निर्णयका विरुद्धमा बोल्न नपाइने ? जनताका हितका लागि बोल्न नपाइने? वेतिथि र अत्याचारका बारेमा बोल्न नपाइने भन्दै एमाले अध्यक्ष ओली तथा एमालेलाई प्रश्न समेत सोधेका छन् ।

यस्तै माधव नेपाल र झलनाथ खनालसँग अध्यक्ष पदमा किन उठेको भन्दै ओलीमाथि उनले प्रश्न गरेका छन् । एमालेबाट निष्कासनमा परेका भीम रावलले दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौँ र नवौँ महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रतिप्रश्न गरेका छन् ।

भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउन नसकिने उनको भनाइ छ । उनले जनताको हित र सिद्धान्तमा चल्नेलाई पार्टीबाट निकाल्ने, प्रतिनिधि सभाको टिकट नदिने, पार्टीका काममा सहभागी हुन नदिएर ओलीले गुट चलाएको समेत उल्लेख गरे । ओलीको शत्रुवत व्यवहारका कारण आफूले आक्रोस व्यक्त गर्नुपर्ने बाध्यता आएको उनले बताए । उनले आफूसँग अन्य नेताहरूसँग छलफल गरेर ओलीसँग पटक पटक वार्ता गर्ने प्रयास गर्दा उनले समय नदिएको बताए तर भीम रावलले कुरा गर्न नचाहेको ओलीको भनाइ छ ।

यस्तै नेता रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्दै एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको बताए ।

पार्टीको महाधिवेशनका क्रममा चितवनमा आफूमाथि भएको कार्यको स्मरण गर्दै बुधबारको पत्रकार सम्मेलनमा उनले पार्टीकै केटाहरूलाई लगाएर आफू बसेको होटलमा नाराबाजी गर्न लगाइएको समेत बताए । ओलीले महाधिवेशनको बेला चितवनमा वरियतामा तल भएका ४ जनालाई विशेष होटलमा बस्ने व्यवस्था मिलाउँथे तर आफूलाई सामान्य एउटा कोठा राखे उनले भने । ओलीले निरंकुश ढंगले सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएको उनले बताए ।

नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेको बताएका छन् । कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरुलाई उनले धन्यवाद दिएका छन् । उनले ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो ।

केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद उनले भने । रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध गरेका थिए । यस्तै रावलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आवश्यकतामा भन्दा अनाआवश्यक विषयमा अघि बढेको समेत बताए ।
रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैं छक्क पर्न पुगेको बताएका छन् । नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको जिकिर गरे । ‘६ कात्तिकमा स्पष्टीकरण हात पर्‍यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,’ रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ ।

मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।’उनले अघि प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?’ उनले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताए । यसरी स्थान उल्लेख नहुनु केपी ओली गुटको म प्रतिको पूर्वाग्रह र चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब हो,’ रावलले भने । रावले देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन केपी ओलीलाई चुनौती दिएका छन् । केपी ओलीले उठाइएका प्रश्नको उत्तर नदिए आगामी निर्वाचन ‘मिसन ०८४, मिसन पतन’ सावित हुने समेत रावले दावी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *