काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने विषयमा अन्योलमा परेकाे बताएका छन् । पार्टी एकताका विषयमा गौतमलाई पार्टीमा सम्मानीय पद दिने संकेत गरेको एकिकृत समाजवादीले अहिले गौतमलाई मौखिक बोले जस्तै सहज तरिकाले पाटीमा सम्माननीय पद नदिने देखिएको छ । पूर्वाउपाध्यक्ष गौतमले एकिकृत समाजवादी पार्टीसँग केही दिन अघि मौखिक सहमति गरेका थिए । एकिकृत समाजवादीका शीर्ष नेताहरुले नै पाटीमा आउनेलाई राम्रो अवसर भएको संकेत सहित पार्टी एकताको विषयलाई अगाडी बढाउन सकिने बताएका थिए ।
पूर्व एमालेका सम्मानित नेता गौतमलाई एकिकृत समाजवादीले उक्त विषयमा लिखित रुपमा ठोस निर्णय दिने संकेत नदेखिएपछि गौतम अन्योलमा परेका हुन् । उनले एकिकृत समाजवादीले समयमा नै ठोस निर्णय नदिए आफुले वैकल्पिक योजनाको छनोट गर्ने बताएका छन् । उनका अनुसार केही दिन अगाडी बोलेको कुरालाई एकिकृत समाजवादीले लिखित रुपमा निर्णय दिन सकेको छैन् ।
एमालेले बुधबार अर्का पूर्वउपाध्यक्ष भीम रावलसहित पोलिट्व्युरो सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई गरेको कारवाहीको विषयमा गौतमले अत्याचार र निरंकुशताको संज्ञा दिएका छन् । । उक्त अभिव्यक्ति अनुसार एमालेसँग गौतम सन्तुष्टि छैनन् । नेता गौतमले एकिकृत समाजवादी पाटीसँग केही समय अघि मात्रै भेट गरेका थिए । गौतमले पौष पाँच एकिकृत समाजवादीका दुई नेतासँग भेट गरेका थिए । सो भेटमा गौतमसँग एकिकृत समाजवादीका नेताहरुले दुई /चार जनाको निर्णय टिम बनाउने कुरा भएको थियो तर पुनः पछि मौखिक सहमतिमा भएमात्र एकिकृत समाजवादीले गौतमलाई पार्टीमा जिम्मेवारी दिने संकेत गरेको छ । तर गौतमले लिखित सहमतिविना आफूले ठूलो जोखिम नमोल्ने बताएका छन् । गौतम एकिकृत समाजवादीको सक्कली रुप हेर्न चाहान्छन् ।




