राजनीति

अप्ठ्यारो पर्दा मात्रै संसदमा आउने सरकारको प्रवृत्ति बेठीक : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनुपर्ने बताएका छन् । सरकार संसदबाट तर्सिने र तर्किने गरेको उनी बताउँछन् ।

संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा बोल्ने क्रममा सभामुख घिमिरेले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा बन्ने, तर्सिने, तर्किने आदि जे गरेर हिडिंरहेको छ । यो बेठीक छ ।’

सरकारलाई अप्ठ्यारो नपरेसम्म संसदमा नआउने गरेको बताउँदै उनले कानुनमा अप्ठ्यारो पर्‍यो भने मात्रै संसदमा आउने सरकारको प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *