काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देशको अवस्था सच्याउ, सुधार गर्न, देशलाई गरिबीबाट माथि उठाउ,सुशासन दिन र भ्रष्टाचार नियन्त्रण गर्नका लागि भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही गर्ने प्रतिवद्धता जनाए । भ्रष्टहरुले कर्मचारी र जनतालाई दुःख दिएको भन्दै त्यस्तो गतिविधिमा लागेका कोही कसैलाई पनि नछोड्ने बताए । प्रधानमन्त्री ओलीले जनप्रतिनिधि र कर्मचारी जनताको सेवामा तल्लिन हुनुपर्ने बताए ।




