देश

बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानु पर्ने बताएका छन् । सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नु भएका सभापति देउवाले यस्तो बताएका हुन् ।

जनकपुरधाम उमहानगरपालिका – २५ लोहनामा पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका कांग्रेस सभापति देउवाले भने , पार्टीका साथीहरु, सबै जना मिलेर अघि बढ्नुपर्छ । प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमण मित्रराष्ट्रको भ्रमण भएको बताउँदै उनले बिआरआर्इ योजना अनुदानमा स्वीकार गर्ने बताए ।

लोहनामा हक अधिकारका लागि जेलनेल भोगेका स्वर्गिय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न सभापति देउवाको कार्यक्रम रहेको कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । सभापति देउवाको लोहनामा ठाकुरको प्रतिमा अनावरण गरेर बेलुका काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गुप्ताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *