काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै सहकारी ठगी प्रकरणमा प्रक्राउ परेर अनुसन्धानमा रहेका सभापति लामिछानेका विषयलाई लिएर अनाआवश्यक हल्ला नगर्न आग्रह गरेका छन् । धनगढी विमानस्थलमा आइतबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले सहकारी ठगी प्रकरणमा आरोपित लामिछानेको मुद्धा अदातको जिम्ममा भएकाले हल्ला नगर्न रास्वपालाई आग्रह गरे । कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो–हल्ला गरेनौँ तर रास्वापाले आफ्ना सभापति पक्राउ पर्दा ठूलो हल्ला गर्दै सरकारविरोधी नारा लगायो सभापति देउवाले भने ।
धनगढी विमानस्थलमा आइतबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले पूर्वसहमतिअनुसार कांग्रेस–एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।
सभापति लामिछानेलाई सहकारी ठगी, र संगठित, अपराध कसुरमा कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान जारी छ ।
तर रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै सडक आन्दोलन गरिराखेको छ। सरकारले रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको भने होइन् ,सहकारीको समयस्या समाधानका लागि प्रबन्धक निर्देशक रहेर सहकारीको रकम गोर्खा मिडिया नेर्टवकमार्फत हिनामिना गरेकाले पक्राउ गरेर अनुसन्धान जारी राखेको हो ।




