देश

पोखरामा रास्वपाका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार

काठमाडौं । सरकारले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी राखेको समयमा समर्थकहरूले प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको आरोप लगाउँर्दै पोखरामा आज पनि प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै अनुसन्धान प्रभावित पार्ने खेलमा लागि परेका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लामिछानेलेलाई आज कास्की जिल्ला अदालतमा पेस गरिएको छ । तर रास्वपाको सिङ्गो टिम नै अहिले अदालतलाई प्रभावित पार्ने खेलमा लागेका छन् । अदालतको मान हानी हुने किसिमका गतिविधिमा संलग्न भएको भन्दै अदालतले समेत असन्तुष्टि जनाएको छ । रास्वापाले सरकारविरुद्ध गरेका कार्यप्रति सरकारले आपत्ति जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *