राजनीति

सय दिनमा निकै राम्रो काम भएका छन्, आगामी दिन थप उल्लेखनीय काम गर्दै जानुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका बारेमा केही आलोचना हुनु स्वभाविक भएको भन्दै आगामी दिनमा थप राम्रा काम गर्दै जान प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । सभापति देउवाले सरकारको सय दिनमा निकै उल्लेखनीय काम भएको उल्लेख गर्दै सरकारका विरुद्धमा भएका आलोचनालाई चिर्ने काम गर्न थप सुझाव दिए ।

सभापति देउवाले सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राख्दै सभापति देउवाले अहिलेको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने समेत विश्वास व्यक्त गरे ।

देउवाले कुनै पनि क्षेत्र समस्याविहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू समाधान गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *