
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको हो ।
बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो