देश

आफ्नै स्टाटस रविका लागि पर्न सक्छ भारी

काठमाडौं । सहकारी ठगीको पैसाले खोलेको टेलिभिजनमा पाएको १५ प्रतिशत सेयरवापतको पैसा रवि लामिछानेको निजी खातामा जम्मा भएको खबर सार्वजनिक उनले प्रेस मिट गरेर र सामाजिक सञ्जालमा स्ट्याटस लेखेर त्यसको खण्डन गरेका थिए । तर उनैले बोलेका कतिपय अभिव्यक्ति र लेखिएको स्टाटस उनका लागि भारी पर्न सक्ने देखिएको छ ।

रविले सोमबार पत्रकार सम्मेलनपछि सामाजिक सञ्जालमा लेख्दै आफ्नो खातामा एक करोड ८० लाख जम्मा भएको भौचर देखाएपछि मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जिबी राईको नाममा सेयर नामसारी हुने भएकाले कागजी प्रक्रियाका लागि मात्र कागजपत्र बनाएको र झुटो विवरण उपलब्ध गराएर सेयर हस्तान्तरण गरिएको स्वीकार गरेका हुन् । र, उनको यही स्वीकारोक्ति उनलाई भारी पर्न सक्ने देखिएको हो ।

ग्यालेक्सी फोरके टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको तथ्य स्वयं लामिछानेले सार्वजनिक गरेको स्ट्याटसबाट बुझ्न सकिन्छ र कम्पनी ऐनको दफा १६० अनुसार यस्तो काम गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

रवि स्वयंले गल्ती स्वीकार गरेका छन् । यही कानुन र रविले दिएको सार्वजनिक अभिव्यक्तिसँगै उनले गरेको कागज बोकेर कोही कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी बोकेर गयो भने छानविन हुन्छ । छानविनका क्रममा रविले कागज मात्र मिलाएको देखिए कम्पनी ऐनको दफा १६० अनुसार उनलाई सजाय हुन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सबै प्रक्रियामै छ भनिदियो भने उनको खातामा जीबी राईको पैसा गएको छ भन्ने पुष्टि हुन्छ, जुन उनका लागि झन् घातक हुन्छ ।

पत्रकार सम्मेलनपछि उनी आफैंले लेखेको स्ट्याटस उनका लागि भारी पर्न सक्छ । कम्पनी ऐनको दफा १६० (क) मा कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरवाहीसाथ कुनै झुटा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानी नोक्सानी पु¥याएको भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्मम कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यस्तै कम्पनी ऐनको दफा १६० को ९ज० मा ऐन बमोजिमको विवरण नदिने वा झुट्टा विवरण दिने सेयरधनीलाई ५० हजार रुपैयाँसम्म जरिबाना र दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

कम्पनी ऐनले कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनिय वा द्वेषपूर्ण लापरबाहीका साथ कुनै झुट्टा कुरा उल्लेख गरे कारबाही हुन सक्ने व्यवस्था गरेकाले रवि माथि सजाय हुन सक्छ । सेयर हस्तान्तरणका लागि राईले आफ्नो खातामा जम्मा गर्न पैसा नै नभएको चेक बुझाएको विषयमा रविले सहमति दिएर कम्पनी रजिष्ट्रारको कार्यालयलाई ढाटेका स्वीकारेका छन् ।

रविले स्वेट सेयरवापत कम्पनीको १५ ५ सेयर पाएको डकुमेन्ट कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखमा छ । र कार्यालयको अभिलेख नै अन्तिम मानेर यहि नै ठिक हो ठहर भयो भने उनले स्वेट सेयरवापत एक करोड ८० लाख रुपैयाँ पाएका छन् ।

स्वेट सेयरसम्बन्धि स्पस्ट कानुन नभए पनि आकस्मिक रुपमा पाइने कुनै पनि रकममा नियमानुसार २५ प्रतिशत कर तिर्नुपर्छ भन्ने कर कानुनलाई देखाएर उनीसँग एक करोड ८० लाख रुपैयाँको २५ प्रतिशत रकम असुल गर्न पनि सक्छ राजश्व विभागले । यस्तो भयो भने उनी थप नैतिक संकटमा पर्न सक्छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *