जलश्रोत/उर्जा

प्राधिकरणले काट्यो हुलास स्टिलको विद्युत लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ ।

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार काटेको हो । उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ । प्राधिकरणको यो निर्णयले अहिले उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

देशभरका उद्योगी व्यवसायीले लाइन जोडिदिन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *