राजनीति

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैँछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

शनिबार बस्ने भनिएको बैठक सत्तारुढ गठबन्धनको बैठक लम्बिएपछि आजका लागि सारिएको हो । गठबन्धनको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि भएको भागबन्डाको छलफल तथा भोली हुने उम्मेदवारी दर्ता अघि सो बैठक बोलाईएको हो ।

सम्भवतः आजको बैठकले पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेछ ।

बैठकमा सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको सिट बाँडफाँटबारे भएका छलफलबारे समितिका सदस्यहरूलाई जानकारी गराउने नेताहरूकाे भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *