रिबन

पदाधिकारी चयनमा किन अलमलियो माओवादी केन्द्र ?

काठमाडौं । पदाधिकारी चयन गर्न भन्दै आज बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक विनानिष्कर्ष सकिएको छ ।

शनिबार फेरी बस्नेगरी बैठक सकिएको भएपनि पदाधिकारीको टुङ्गो भने लाग्न सकेको छैन । बैठक शनिबार दिउँसो एक बजेका लागि बोलाइएको छ । माओवादी नेताहरुका अनुसार पदाधिकारीको प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

शुक्रबारको बैठकमै अध्यक्ष प्रचण्डको पदाधिकारीको नाम प्रस्ताव गर्ने भनिएको भएपनि उनी वाइसिएल नेपालको कार्यक्रमको उद्घाटनमा सहभागी हुनुपर्ने र गोरखा समेत जाने कार्यक्रम रहेको भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण पदाधिकारीको नाम टुङ्गो नलागेको बताइएको भएपनि पार्टीभित्र आकांक्षीहरु धेरै रहेका कारण समस्या आएको बताइएको छ । शूक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले महासचिवका लागि धेरैजनाले दाबी गरेको जानकारी दिएका थिए ।

अध्यक्ष प्रचण्डले वरिष्ठताका आधारमा पदाधिकारी प्रस्ताव गर्ने संकेत समेत शुक्रबारको बैठकमा गरेका थिए । माओवादी केन्द्रभित्र अध्यक्ष प्रचण्डपछि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *