काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनले फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका छन् ।
नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १ वर्षको अवधिमा नै वर्तमान गठबन्धनको सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको आरोप लगाए । उनले अबको पाँच वर्ष गठबन्धनले सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले देश बचाउन, देशलाई अघि बढाउन र देशको विकास गर्न एमालेको बहुमत आवश्यक रहेको बताए ।




