काठमाडौं । जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजन भएको छ ।
वीरगञ्जमा बसेको उपेन्द्र यादव समुहको बैठकले संघीय परिषद् अध्यक्ष डाक्टर वावुराम भट्टराईसहितका ९ जनालाई कारबाही गरेका थियो । जवाफमा भट्टराईले पार्टी एकता जोगाउन अधिकतम पहल गरेको भएपनि कार्यकारिणी सदस्यहरुमाथि कारबाही गरेपछि भने पाटपर्् पुर्नगठन गर्नैपर्ने अबस्थामा आएको टिप्पणी गरेका छन् ।
शुक्रबार राती विज्ञप्ती जारी गर्दै भट्टराईले उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९ देखि ३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको बताएका छन् ।
उनले कारबाहीको विरोध गर्दै लेखेका छन्,‘हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।’




