रिबन

जनार्दन शर्मामाथि आजदेखि छानबिन

काठमाडौँ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदीय विशेष समितिले आज (मंगलबार) देखि छानबिन शुरु गर्ने भएको छ ।

बजेट निर्माण करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएको भन्दै चर्को आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए । त्यसपछि शर्मामाथि छानबिन गर्न प्रतिनिधि सभाले ११ सदस्यीय विशेष समिति गठन गरेको थियो ।

समितिले काम थालेको १० दिनभित्रमा छानबिन सक्काएर सुझावसहितको प्रतिवेदन बुझाउनु पर्नेछ । आज बस्ने समितिको पहिलो बैठकबाट कार्यविधि बनाइ समितिको संयोजक चयन गरिनेछ ।समितिमा एमालेका ४, कांग्रेस र माओवादी केन्द्रका २/२ र जसपा, लोसपा र एकीकृत समाजवादी १/१ जना सदस्य छन् ।

निवर्तमान अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई खेताला विज्ञ बनाएर मध्यरातमा बजेटमा करको दर हेरफेर गरेको आरोप लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *