रिबन

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।

महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने जनाइएको छ । विहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।

उता झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम र झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ । महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम; तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *