रिबन

वामदेवले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं । नेकपा एकता अभियान संचालन गरिरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले अन्ततः पार्टी दर्ता गर्ने भएका छन् । उनले आजै पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्न लागेका हुन् ।

गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढ्ने भएको छ । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने भएको छ ।

गौतमले नेकपा विभाजनपछि चलाएको यो अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए । उनले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लागेका हुन् । उनको दलमा को को रहने भन्ने खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *