रिबन

रवि लामिछानेको चाहना यस्तो थियो…

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर विवादमा आएका पुर्वसञ्चारकर्मी रवि लामिछानेको चाहना भने दल नै नखोल्ने रहेको खुलेको छ । उनले राजनीतिमा आउने मनशाय प्रकट गरेपछि विभिन्न नेताहरुसंग गुपचुप सल्लाह गरेका थिए । उनले यो सल्लाहमा स्वतन्त्र उम्मेदवार मात्र वन्न चाहेका थिए । स्रोतका अनुसार,उनले सवैभन्दा पहिला राप्रपामा जान चाहेका थिए । उनका ससुरा उद्धव पौडेल पनि राप्रपामा भएकोले उनी सोही पार्टीम जान चाहेका थिए तर पदमा कुरा नमिलेपछि उनी एमालेसंग निकट हुन खोजेका थिए । उनी एमाले पस्न चाहेका कुरा वालकोटसम्म पुगेको थियो तर अध्यक्ष केपी ओलीले उति वास्ता गरेनन । यहि क्रममा उनले कांग्रेस महामन्त्री गगन थापालाइ भेटेर कांग्रेसमा पस्न चाहेका बताएका थिए । उनले काठमाण्डौं क्षेत्र नम्वर ५ बाट उम्मेदवार वन्न चाहेका थिए । तर,कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सो क्षेत्र छाडन नमानेपछि रवि अन्तत नया दल गठन गर्ने वाटोमा पुगेका हुन । उनले गगन संग सल्लाह गरेर क्षेत्र नम्वर ५ बाट उठने निधो भने गरिसकेका थिए । यसपछि उनी स्वतन्त्र रुपमा एक्लै उठन चाहेका थिए तर यसरी उठदा संसदमा एक्लै भइने तर समानुपातिकका मत पनि प्राप्त नहुने भएपछि उनी दल खोल्न पुगेका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *