रिबन

चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग ओली र प्रचण्डको संवाद

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिडियो संवाद गरेका छन् ।

उनले एमाले अध्यक्ष ओलीसँग बिहीबार र माओवादी अध्यक्ष प्रचण्डसँग शुक्रबार छुट्टाछुट्टै भिडियो संवाद गरेका हुन् ।

विदेश विभागद्वारा जारी सूचनाअनुसार लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकीका साथै साझा भविष्यका विकास साझेदार भएको बताएका थिए ।

लिउले दुई देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजनाहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्न र ‘बेल्ट एण्ड रोड’को रूपरेखाअन्तर्गत विभिन्न क्षेत्रमा व्यवहारिक सहयोग गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *