रिबन

स्थानीय निर्वाचनमा सोचेको परिणाम आएन, दोस्रो पार्टी बन्ने आंकलन थियो : प्रचण्ड

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका पक्षमा सोचेअनुसार परिणाम नआएको बताएका छन् ।

आज (बिहीबार) ललितपुरका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले १७०-१७५ सिट ल्याउने आफूहरूले अनुमान गरे पनि १२२ सिटमा खुम्चिनु परेको बताएका छन् । स्थानीय तह निर्वाचनबाट दोस्रो पार्टी बन्ने आंकलन गरिएको समेत उनले बताए ।

उनले भने, ‘हामीले सोचेको परिणाम पार्टीको पक्षमा आएन । गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले राम्रोसँग मिहिनेत गर्दा १७०-१७५ हाम्रो आउँछ, एमालेको पनि १६०-१७० तिर झर्छ, वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छ भन्ने आँकलन गरेका थियौं ।’

उनले थपे, ‘तर१२२ सिटमा सीमित हुनु पर्‍यो । यो हामीले आंकलन गरेको भन्दा निकै कम हो ।’ प्रचण्डले माओवादीले ३० पालिकासम्म जित्छ भनेर प्रचार गरिएको उल्लेख गरे । माओवादीको धेरै सिट आयो भनेर बुर्जुवाहरूले जिब्रो टोकेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *