काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट बनाउन सकिने बताएका छन् । उक्त स्थानमा रहेको फोहोरबाट विधुत उत्पादनका लागि लगभग दुईतीन लाख रुपैँया भए पुग्ने बताएका छन । । आज बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो उल्ःलेख गरेको हुन् ।
टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने मेयर शाहको भनाइ छ । । मेयर शाहले भने,‘हाम्रो टेकुमा रहेको प्लान्ट बनाउन करोडौं रुपैयाँ लाग्दैन’, ‘दुईतीन लाख रुपैँया खर्च गरेर विधुत निकाल्न सकिन्छ । ’
करिब साढे ५ वर्षअघिको टेकुको फोहोरबाट बिजुली उत्पादन गर्न काठमाडौं महानगरपालिकाले प्लान्ट स्थापना गरेको थियो । टेकुस्थित ५ हजार वर्ग फिट क्षेत्रफल जग्गामा रहेको प्लान्टमा ३ सय मेट्रिक टन फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन गरिएको थियो ।
उत्पादीत विद्युत परिक्षणका लागि महानगरले आफ्नै कार्यालयमा जडान गरेको थियो । तर करिब ४ करोड रुपैयाँ लागतमा निर्माण भएको सो प्लान्ट अहिले बन्द अवस्थामा रहेको छ ।




