काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले गठबन्धनमा रहेका दलहबाहेक अन्य पार्टीहरुसँग तालमेल नगर्ने निर्णय गरेको छ ।
आज वालुवाटारमा बसेको गठबन्धनमा रहेका दलहरुको बैठकले सोमबारसम्म तालमेलका बारेमा अधिकतम कोशिस गर्ने र सम्भव नभए मित्रवत् प्रतिस्पर्धा गर्ने तर ठबन्धन बाहिर रहेका दलहरुसँग तालमेल नगर्ने निर्णय गरेको हो ।
त्यस्तै सोमबार बिहान ८ बजे अध्यक्षहरू बसेर समस्या समाधान गर्न कोशिश गर्ने र बिगतका समझदारीलाई सबै पक्षले इमानदारीताका साथमा पालना गर्ने सहमति समेत जुटेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।




