काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै हालतमा चुनाव सर्दैन भनेका छन । उनले सञ्चार माध्याममा आएका समाचार अनुमानको भरमा आएको वताएका छन । उनले आजै साझ सम्म गठवन्धनले सहमति गरेर तल्लो तहसम्म सहमति कार्यान्वनयनको लागि पठाउने वताए । उनले वैशाख ३० गते चुनाव हुन्छ भन्दै यसको लागि तयार रहन निर्देशन दिएका छन । उनले विशेष पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन । उनले नेपालमा अतिवादी प्रवृत्ति देखिएको भन्दै यसले ब्यवस्था खान खोजेको आरोप पनि लगाए ।




