काठमाण्डौं । चुनाव वहिष्कारको नीति लिएको नेकपा क्रान्तिकारी माओवादीले किन चुनाव वहिष्कार गरयो भन्ने रहस्य खुलेको छ । वृद्ध मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादी एमसिसि देखि भारतीय हस्तक्षेपसम्मको विरोधमा उत्रिरहेको छ । एमसिसिले देशै सखाप पार्छ भन्ने उसको निष्कर्ष छ । र,यिनै मुद्धा वोकेर अहिले स्थानीय चुनाव वहिष्कारको लागि प्रचार प्रसार गरिरहेको छ । तर,वैद्य समुहले गरेको प्रचार प्रसारमा यति कम मानिस उपस्थित भएका छन कि यो देखेर स्वयम क्रान्तिकारी माओवादीलाइ नै अप्ठयारो हुन थालेको छ । यसैबाट वुझन सकिन्छ कि क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनाव वष्हिकार किन गरेछ भनेर । स्थानीय तहको चुनावमा भाग लिएको खण्डमा जित्न सक्ने आधार नदेखेपछि वैद्य समुहले चुनाव वहिष्कार गरेको रहस्य खुलेको छ । किनभने उसले हालै टोखामा गरेको चुनाव वहिष्कार कार्यक्रममा जम्मा ११ जना मात्र स्रोत उपस्थित भएका थिए । यहि हालमा चुनावमा जादा वदनाम हुने डरले वैद्य समुह पछि हटेको वुझिएको छ ।




