काठमाण्डाैं । सत्ता गठवन्धनका प्रमुख नेता भारतीय दुतावासमा पुगेका छन। भारतीय राजदुत विनयमाेहन क्वात्राकाे विदाइ भाेज कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवा,नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जसपा नेता डा.बाबुराम भटटराइ उपस्थित भएर फर्किएका छन। बढुवा भएपछि आफ्नो कार्यकाल अन्त्य गरेर भारत फर्कन लागेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको विदाई भोजमा सहभागि हुन देउवा लैनचौर छिरेका हुन् । प्रधानमन्त्री देउवा लैनचौरमा मंगलबार साँझ साढे ७ बजेदेखि दूतावासमा आयोजना गरिएको भोजमा सहभागी भएका थिए । यस भाेजमा गृहमन्त्री बालकृष्ण खाँणसहितका मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी र अन्य मुलुकका राजदूतहरु पनि गएका थिए।




