रिबन

मन्त्रीपरिषदकाे निर्णय-२० देशमा राजदुत सिफारिश (नाम सहित )

काठमाण्डाैं । सरकारले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले विभिन्न देशकाे लागि राजदुत सिफारिश गरेकाे हाे।प्राप्त सुचना अनुसार, रुस, चीनलगायतका बीस देशमा राजदूत सिफारिस गरिएको हो । सरकारले चिनकाे लागि नेपाली राजदुतमा माअेावादी केन्द्रसंग सम्वन्धित विष्णुपुकार श्रेष्ठलाइ सिफारिश गरेकाे छ।यता रूसकाे लागि भने मिलन तुलाधानरकाे नाम सिफारिश भएकाे छ भने यसअघि प्रधानमन्त्री शेरवहादुर देउवाकाे सासु प्रतिभा राणा राजदुत भएर वसेकाे जापानकाे लागि दुर्गावाहदुर सुवेदीकाे नाम सिफारिश भएकाे छ।

विहिवार राजदुतमा सिफारिश भएका ब्यक्तिहरू यस्ता छन-

नवराज सुवेदी

डा.रामस्वार्थ राय यादव

नरेश विक्रम ढकाल

ज्योति प्याकुरेल

कान्ता रिजाल

डिल्लीराज पौडेल

कैलाश पोखरेल

मिलन तुलाधर

शर्मिला पराजुली ढकाल

वासुदेव मिश्र

दानबहादुर तामाङ

विष्णुपुकार श्रेष्ठ

त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी जापानकाे लागि सिफारिश गरिएकाे छ। निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *