काठमाडौं । राष्ट्रिय भूमि आयोगमा ४३ जनाले आज विहीबार जिल्ला समिति अध्यक्षको सपथ लिएका छन् । उनीहरुले भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाबाट सपथ लिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अध्यक्ष नियुक्ति गर्ने सैद्धान्तिक प्रस्ताव पारित गरेको थियो ।
यसअघि २८ जिल्लाका अध्यक्षले सपथ लिइसकेका छन् । सपथ ग्रहण समारोहमा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयोगका उपाध्यक्ष नरेन्द्र खड्कालगायत मन्त्रालयका कर्मचारी र आयोगका सदस्यहरुको उपस्थिति थियो ।
देशभरका भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको लालपूर्जा वितरण गर्ने आयोगलाई जिम्मेवारी दिइएको छ । लगत संकलन, कम्प्युटर इन्ट्री, जग्गा नापजाँच र निवेदन लिने काम यतिबेला जारी छ । यसअघि ६८ पालिकामा लगत संकलन भइरहेकोमा भोलि शुक्रबारबाट ३ सय १८ वटा पालिकामा लगत संकलन गरिने आयोगको तयारी रहेको बुझिएको छ । सुकुम्बासी समस्या समाधानका लागि सरकारले अहिलेसम्म २१ वटा आयोग गठन गरिसकेको छ । तर, वास्तविक सुकुम्बासीसम्म आयोग पुग्न नसकेको गुनासो छ ।
नियु्क्त अध्यक्षहरु






