काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।
टर्कीको अंकारामा हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेपाल सोमबार राति टर्की प्रस्थान गरेका हुन् ।
टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गरेका नेपालले मंगलबारदेखि शुरु हुने समिटलाई सम्बोधन समेत गर्नेछन् । आगामी १९ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।
टर्कीले आइतबार मात्रै रुसविरुद्ध लड्न युक्रेनलाई ड्रोन सहयोग सहयोग गरेको थियो ।




