रिबन

चीनसंग ९ वुदे समझदारी तर तातोपानी र रसुवागढी नाका खुलाउने कुरै भएन

काठमाण्डौं । घास निर्यात गर्ने देखि रेल्वेको सम्भाब्यता अध्ययन गर्नेसम्मको समझादारी गरेको चीनले नेपालसंग सिधा नाका जोडिएको कोदारी राजमार्ग खुलाउने विषयमा भने एक शब्द पनि चुहाएको छैन । नेपालको तिन दिने भ्रमणमा आएका चिनिया विदेशमन्त्री वाङ यीले गरेको ९ वुदे समझदारीमा कोदारी राजमार्ग र रसुवागढी नाका खुलाउने विषयमा भने कुनै चर्चा भएन । नेपालले एमसिसि लिने निर्णय गरेको असन्तुष्टि जनाएको चीनले नेपाललाइ थप सहयोग गर्न सैद्धान्तिक सहमति गरेको छ । नेपालबाट चिन निर्यात हुने ९८ प्रतिशत बस्तुमा भन्सार छुट पनि गरेको छ तर नेपालमा वस्तु आयात हुने मुख्य नाका खुलाउने भने चासो दिएन । नेपालले पनि एमसिसिको कारण रिसाएको छिमेकीलाइ नचिढयोने नीति अन्र्तगत यो कुरा सतहमा नल्याएको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *