रिबन

माओवादीले चुनाव हारे गणतन्त्र खतरामा पर्छ-प्रचण्ड

काठमाण्डाैं । डा.वावुराम भटटराइकाे गृह जिल्ला गाेरखा पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव प्रचार गरेका छन।उनले गाेरखा पुगेर कार्यकर्तालाइ सम्वाेधन गर्दै माओवादीले चुनाव हारे गणतन्त्र नै खतरामा पर्ने वताएका छन।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नबनिर्मित प्रशासकिय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बिरोधीहरु माओवादीलाई सिध्याउन लागी परेको बताएका छन ।

पटक–पटक संविधान र गणतन्त्र हरण गर्न प्रयास गर्नेहरुबाट सचेत हुनुपर्ने उनको भनाई थियो । अध्यक्षले माओवादी केन्द्र एक महिना मात्र जागे देश फेरि माओवादीमय हुने भन्दै निर्वाचनको तयारीमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने-गाउँगाउँमा सिंहदरबार हुनुहुँदैन भन्नेहरुका बिरुद्ध हामी लड्नुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *