काठमाण्डौं । चिनिया विदेशमन्त्री वाङ यी नेपाल भ्रमण आइरहदा नेपालका वाम नेता भने चिन पुगेका छन । पाच दिन अघि एउटा प्रतिनिधिमण्डल वोकेर चिन गएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अझै चिनमा छन तर उनी चीनमा रहेकै बेला नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन चिन भ्रमणमा निस्किएका छन । तर,यी दुइ नेता चिनमा जादा चिनिया विदेश मन्त्री वाङ भने दक्षिण एशियाको भ्रमण गरि नेपालमा आइपुग्दैछन ।
नेपालमा वाम पार्टी टुट फुट र वेमेलको अवस्थामा रहेको बेलामा वाम नेताहरु एक पछि अर्को विभिन्न वहानामा चिन तर्फ हान्निएका छन ।
एमाले विष्णु पौडेल चिनको कुनमिङमा भइरहेको इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्ज प्रोग्राममा भाग लिन चिन गएका हुन । उनको साथमा अन्य पाच जना नेताहरु रहेका छन । पौडेल चिनमै रहेको बेलामा चार महिनासम्म चिनमा वसेर उपचार गरेर फर्किएका माओवादी नेता बर्षमान पुन चिन उडेका छन । उनी यस अघि भएको उपचारको फलोअपको लागि जान लागेको वताइएको छ । तर,नेपालले एमसिसि पास गरेर वसेको बेलामा अचानक आएका चिनिया विदेशमन्त्रीसंग खास एजेण्डा रहेको अनुमान गरिएको छ । चुनावको मुखमा वाम दललाइ मिल्नको लागि उनले दवाव दिने अनुमान गरिएको छ । यस्तो बेलामा वाम दलका नेता यो वा त्यो वहानामा चिन जानुले अनेक खालको आशंका पैदा गरिदिएको छ ।




