काठमाण्डौं । कुनै वेलाका हक्की नेता वामदेव गौतम नया पार्टी खोल्ने तयारीमा लागेका छन । एमालेको उपाध्यक्ष समेतबाट राजनीनामा दिएका गौतमले अव यहि माघ महिना भित्र नया दल गठनको तयारी थालेका छन । तर,नाम भने उनले अझै खुलाएका छैनन ।
नेकपा एमालेमा नवसेका गौतम माधव नेपालको दल एकिकृत समाजवादीमा जाने भनेर पनि गएनन । उनी माधव नेपालको दलमा जाने लगभग निश्चित भएर पनि गएनन । खासमा उनी अहिले पनि एमालेको तर्फबाट राष्ट्रियसभा सदस्यमा चुनिएका छन तर नया दल किन गठन गर्दैछन ? वामदेवले पार्टीको नाम कम्युनिष्ट पार्टी नराख्ने भएका छन । उनले पार्टीको नाम प्रजातान्त्रिक विचारधाराको समाजवादी राख्ने तयारी थालेका छन ।
माधव नेपालको दल समाजवादीमा प्रवेश नगरेका गौतमले कम्युनिष्ट पार्टी नराखी किन समाजजादी वा प्रजातान्त्रिक पार्टी राख्दैछन त ? स्थानीय तह चुनावको मुखमा उनले पार्टी खोल्नुको मतलब नया दल सञ्चालन गर्ने नै हो त ? स्रोतका अनुसार,वामदेवले तत्काल नया दल गठन गर्ने र पछि एमाले वा एकिकृत समाजवादीसंग सहमति गरेर पार्टी एकता गर्ने उनको तयारी रहेको छ । यसो गर्दा पार्टी एकता गरेको अर्थ लाग्ने र पार्टीमा सम्मानजनक स्थान पनि पाउने उनको ठम्याइ रहेको छ ।




