काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाका बिचमा टेलिफोन वार्ता भएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका अन्सार अध्यक्ष ओली र प्रधानमन्त्री देउवाका बिचमा आईतबार टेलिफोन संवाद भएको हो ।
एक टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा पोखरेलले दुई नेताका बिचमा झण्डै आधा घण्टा लामो टेलिफोन संवाद भएको जानकारी दिएका हुन् । यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा अध्यक्ष ओली निवासमै पुगेर छलफल गरेका थिए ।
एमसीसी पारित गर्ने विषयमा सत्तारुढ दलभित्र फरक मत देखिएका बेला दुई नेताबिच भएको संवादलाई चासोका साथमा हेरिएको छ ।




