राजनीति

प्रधानमन्त्री देउवाकाे वचाउमा उभिए नारायणकाजी, एमसीसी पारित गर्ने सहमति भएको छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्ने सहमति नभएको बताएका छन् ।

नेता श्रेष्ठले भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्,‘कुनै भ्रममा नपरौं । प्रमले एमसिसिसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।’

सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नजुटेको भन्दै नेता श्रेष्ठले भनेका छन्।‘गठबन्धनमा एमसिसि कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *