राजनीति

अल्पसंख्यकबाट प्रदीप सुनुवार निर्वाचित, खुला महिला केन्द्रीय सदस्यमा कसकाे कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित भएका छन् । सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १ सय ७१ मतसहित विजयी भएका हुन् । उनले टिकाराम लेप्चालाई पराजित गरेका हुन् । लेप्चाले ९८९ मत पाए । सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

खुलातर्फको महिला केन्द्रीय सदस्यमा कसकाे कति मत ?
नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

गणना ३८५० मा खुला महिला

डिला २४१४

पुष्पा २२९२

आरजु २१३९

अम्बिका १९४६

ईश्वरी १८७७

सरिता १७१६

रमा १५७२

शुशिला १५२३

रङंमती १५२३

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *