काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीको खुव प्रशंशा गरेका छन । एमालेको महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका थापाले केपी ओली जति राष्ट्रवादी अरु नभएको वताएका छन । उनले नााकवन्दीको वेलामा ओलीले महत्वपुर्ण भुमिका खेलेको भन्दै लिम्पयाधुराको नक्सा समावेश गर्नु चानचुने कुरा नभएको भन्दै ओलीको प्रशंशा गरेका छन । उनले यसो भन्दा एमाले कार्यकर्ताले ताली वजाएका थिए । अध्यक्ष थापाले अब केपीले ऐतिहासिक निर्णय गर्ने वेला आएको वताएका छन । उनले लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी हुन थालेको वताएका छन ।
उनले भनेका छन–कहाँ जान हिडेको कहाँ हामी आइपुगेका छौं ? देश संकटको भुमरीमा छ । लोकतन्त्रको आवरणमा देश सर्वसत्तवादतर्फ अघि वढेको छ । योजनावद्ध धर्मपरिवर्तनले नेपालीको सनातन पहिचान समाप्त पार्न खोजिदैछ । इतिहासमा सवैभन्दा वढी भ्रष्टाचार भइरहेको छ । जागीर छैन,जसले गर्दा ४० लाख जनता मलेशिया र अरव पुगेका छन । यति मात्र होइन वाहय शक्तिको चलखेल वढेर गएको छ । चलखेलको रणमैदान वन्ने खतरा वढेको छ । देशले एमालेबाट साहसिक निर्णयको अपेक्षा गरेको छ । केपी ओली जस्तो राष्ट्रवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले देशलाइ ऐतिहासिक योगदान दिन सक्नुहुनेछ ।




