रिबन

एमालेका दस भाइ हुतिहारा हुन-माधव नेपाल

काठमाण्डाैं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा रहेका दस भाइ नेतालाइ हुति नभएकाे समुह भनेका छन। अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभामा सम्बोधनको क्रममा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आँट नभएकाहरूले मात्रै आफूलाई साथ नदिएको टिप्पणी गरेका हुन्।पार्टी विभाजनको क्रममा आफ्नो साथ छाडेका १० नेतालाई नेता नेपालले आँट नभएकै कारणले बन्द ढोकाबाहिर रोइकराइ गरिरहेको भन्दै कटाक्ष गरेका छन्। उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्‍याउनको लागि एमालेबाट विद्रोह गरेको समेत बताएका छन् ।

अध्यक्ष नेपालले आफु बिद्रोह गरी नयाँ संघर्ष गर्ने तर्फ अग्रसर भएको र अहिले आँट नभएकाहरू त्यही ढोकाबाहिर रोएर कराएर बसिरहेको बताएका छन्। पार्टीबाट विद्रोह गरेर आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाएर नयाँ सोचका साथ पार्टी अगाडि बढेको उनकाे भनाइ थियाे । अब नेकपा एमालेको अखिल नेपाल किसान महासंघको अवशेष मात्रै बाँकी रहेको उनले दाबी गरे । अध्यक्ष नेपालले पाँचदलीय मोर्चाले संविधान र लोकतन्त्रको रक्षा गरेको दाबी गरे।

जनताको चाहना र मागलाई माथि उठाउन सके मात्रै लोकप्रिय पार्टी बन्न सक्ने उनको भनाइ रहेको छ । पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको उनले वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *