रिबन

प्रधानमन्त्री देउवाकाे दवावपछि हमालले दिए राजीनामा

काठमाण्डाैं । नव नियुक्त उद्योग बाणिञ्य तथा आपुर्ती मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न भनेका थिए । प्रधानमन्त्रीको अनुरोध स्विकार गर्दै हमालले आईतबार विहान पदबाट राजीनामा गरेका हुन् ।विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि हमालले पदबाट राजीनामा गरेको बताएका छन् । उनले दिएकाे राजीनामा पत्रमा भनिएकाे छ- प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु । हाल विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो बर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजिनामा दिएको छु ।

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्विकृत गरिसकेका छन् । हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *