समाचार

वालकाेटमा फतिमा र केपी भेट सकियाे,ओलीले दिएनन एमसीसी पास गर्ने वचन

काठमाण्डाैं । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पाेरेशनकी उपाध्यक्ष फतिमा सुमार र नेकपा एमाले अध्यक्ष केपी अेाली वीचकाे भेट सकिएकाे छ।

अेाली निवास वालकाेटमा भेट भएकाे थियाे। भेटमा एमालेकाे तर्फबाट विष्णु रिमाल,राजन भट्टराइ,सुर्य थापा पनि सहभागी थिए। वालकाेटमा भएकाे भेटमा सुमारले एमसिसिले सैन्य रणनीतिकाे अंग नभएकाे प्रष्ट पारेकी थिइन। उनले यसाे भनेपछि पूर्वप्रधानमन्त्री केपीले पार्टीमा छलफल गरेर निर्णय लिने वीचकाे भाषा वाेलेका थिए।

सरकारमा रहदा केपी ओलीले एमसिसि पास गर्न बल गरेका थिए । उनले चुनाव कै बखतमा पनि अमेरिकाले ५ सय मिलियन पैसा दिने वताएका थिए।तर सरकारबाट हटेपछि उनी र उनकाे दल एमसिसिकाे विपक्षमा देखिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *