मुख्य समाचार

दार्चुलाको नौगाडमा पहिरोले पुरिँदा तीन जनाको मृत्यु

दार्चुला। दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । दार्चुला प्रहरीका अनुसार नौगाढ गाउँपालिका(३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उहाँकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए ।

यस्तै, घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँहरू तीनै जनाको शव पहिरोबाट निकालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *