देश

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बहस हुँदै

काठमाडौ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबारबाट सुरु भएको सुनुवाइले आज पनि निरन्तरता पाउने भएको छ ।

सुनुवाइ लामो नहोस् भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी टाइम कार्ड लागू गरेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी दायर भएका सबै ३० वटा रिटको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय गत बिहीबार सर्वोच्च अदालतले गरेको थियो । संसद विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *