मुख्य समाचार

सभापति देउवा भन्छन्-कोरोना महामारी नियन्त्रण राज्यले गरेन भनेर चुप नलागाैं,सम्पूर्ण मिलेर महामारी नियन्त्रण गरौं


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका जनप्रतिनिधिहरुलाई कोरोना महामारी नियन्त्रण राहत र पुनस्र्थपानमा जुट्न आग्रह गरेका छन ।

नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिको आयोजनामा “कोभिड-१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका” विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सभापति देउवाले जनस्वास्थ्यका मपदण्ड अपनाएर महामारी नियन्त्रणमा जुट्न जनप्रतिनिधि र नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।

महामारी नियन्त्रणमा राज्यले ध्यान केन्द्रित गरेन भनेर चुप लागेर नबसौं, सभापति देउवाले भने सामाजिक दूरी कायम गर्दै सेनिटाइजर,माक्माको प्रयोग गरेर सम्पूर्ण मिलेर महामारी नियन्त्रणमा जुटौं ।

कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको सभापति देउवाले आरोप लगाए । सरकार गम्भीर नबन्दा महामारी नियन्त्रण बाहिर गएको सभापति देउवाले बताए । सरकारको काम जनताको जीवन रक्षा गर्ने हो तर सरकार यसमा चुकेको छ । सरकार महामारी नियन्त्रणमा पूर्ण रुपमा असफल भएको छ । सरकारकले ट्रसिङ, आइसोलेशन, वेड, औसधि उपचार, अक्सीजन र भन्टीलटरको प्रवन्ध गर्न नसक्दा हजारौ नागरिकले अकालमा ज्यान गुमाउनु परेको सभापति देउवाको आरोप थियो ।

नेपाली कांग्रसका पूर्वउपसभापति गाेपालमान श्रेष्ठले कांग्रेसका जनप्रतिनिधिहरुलाइ महामारी नियन्त्रणमा जुट्न आग्रह गरे ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजनमा “कोभिड-१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका” विषयक अन्तरिक्रिया कार्यक्रमा सातै प्रदेशमा जारी छ ।

उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रीत केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ-नगरपालिका कार्यसमितिका सभापतिहरु तथा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागीता छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *