मुख्य समाचार

प्रचण्ड मुम्बईबाट फर्केलगत्तै वामदेव खुमलटारमा

काठमाडौं । पार्टी एकता अभियान घोषणा गरेका वामदेव गौतम र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य कुराकानी भएको छ । शनिवार नेकपा पूर्नएकीकरणका लागि आफुले आफैलाई नेकपा एकता राष्टिय अभियानको संयोजक घोषणा गरेर वक्तब्य दिएका नेकपा उपाध्यक्ष गौतम नेकपा अध्यक्ष प्रचण्ड मुम्वईवाट फर्केलगत्तै खुमलटार पुगेर भेटघाट गरी गोप्य वार्ता गरेको स्रोतको दावी छ ।

अध्यक्ष प्रचण्डसँगको भेटका लागि गौतम खुमलटार पुगेका थिए । गत सोमबार अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि दिल्ली हुँदै मुम्वईका लागि नेपाल एयरलाइन्सको विमानवाट उडिरहदा गौतम अर्को खेमाका अध्यक्ष केपी ओलीसँग भेटका लागि वालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधीसभा विघटन गर्ने निर्णयसँगै नेकपामा आएको विभाजनपछि कुनै पनि खेमामा संग्लन्न नभईरहेका गौतमले आफु कुनै समुहमा नलाग्ने घोषणा गदै आईरहेका छन् । तर कतिपयले उनलाई अध्यक्ष ओली पक्षसँग उनको पदको वार्गेनिङ चलिरहेकोले पनि उनी उता कुरा मिल्न नसक्दा अलमलमा रहेको टिप्पणी पनि गरिरहेका छन् ।

गौतमले प्रधानमन्त्रीले प्रतिनिधीसभा विघटन गर्ने निर्णय असम्वैधानिक निर्णय गरेको वक्तब्यमार्फत र राष्टिय सभाको सम्वोधनका क्रममा पनि ब्यक्त गरेका छन् । तर असम्वैधानिक कदम चाल्ने प्रधानमन्त्रीसँगै उनले हिमचिम वढाउन पनि खोजिरहेका छन् ।
उता, प्रचण्ड नेपाल पक्षमा पनि उनले उत्तिकै सम्वन्ध विस्तार गरिरहेका छन् । पार्टीको औपचारिक विभाजन कानुनी रुपमा नभएको र सर्वोच्चले संसद पूर्नस्थापनाको विषयमा निर्णय नदिदासम्म आफू कुनै पनि खेमामा सहभागी नहुने वताउँदै आईरहेका गौतमले प्रचण्डलाई मुम्वईवाट फर्केलगत्तै भेट गरेका हुन् ।

गौतम निकट स्रोतका अनुसार, गौतमले अध्यक्ष प्रचण्डलाई शनिवार नै आफुले घोषणा गरेको नेकपा एकता राष्टि«य अभियानका विषयमा जानकारी गराउन भेट गरेका हुन् । उनले आफु एक दुई दिनभित्रै यो अभियानको केन्द्रीय टिम घोषणा गरेर सत्रिmयतापूर्वक एकताको पक्षमा लाग्न लागेको जानकारी गराएको पनि गौतमको निजी सचिवालयले जनाएको छ । गौतमले आगामी बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर नेकपा राष्टिय एकता अभियानका ५५१ सदस्य केन्द्रीय समिति र एकताको आधारपत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसको जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् ।

प्रचण्डले गौतमको अभियानलाई शुभकामना दिए पनि तर ओलीको कदम सच्चिएर प्रतिनिधिसभा पुर्नस्थापना नभएसम्म त्यो सम्भावना धेरै टाढाको विषय भएको बताएका थिए । तैपनि प्रयास अगाडि वढाउन प्रचण्डले सफलताको् शुभकामना दिएको गौतमको सचिवालयको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *