काठमाडौं । राष्ट्रिय सभाको बिहीबारको बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा वामदेव त्यति खुसी देखिएका छैनन् । उनले नेकपा विभाजनको कुनै औचित्य नभएको उल्लेख गरेका छन् ।
सम्बोधनका क्रममा वामदेवले आफूलाई प्रधानमन्त्री केपी ओलीतिर नरम भएको देखाएका छन् । उनले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने काम गरिएला भन्ने आफूले सोच्दै नसोचेको बताएका छन् ।
वामदेवले पार्टी दुई समूहमा विभाजन भए पनि आफू कतै नलागेको बताएका छन् । पार्टी राजनीतिक रुपमा विभाजित भएको र कानुनी प्रक्रिया बाँकी रहेको उनको भनाइ छ ।
उनले नेकपाका दुवै पक्षको गल्ती रहेको बताए । आफू अझै एकताको पक्षमा रहेकाले नेताहरु मिलाउने काममा लागेको बताए । दुइटै नेकपा समूहका मुख्य नेताहरु लाज लाग्ने गरी प्रस्तुत भएको उनको भनाइ छ ।




